Section 3A
छात्रवृत्ति सुरक्षित गरिने
नेपाल सरकारलाई प्राप्त भएको छात्रवृत्तिमध्ये विपन्न, महिला, अपाङ्ग, जनजाति र दलित तथा तोकिएको दुर्गम क्षेत्रको व्यक्तिलाई तोकिए बमोजिम सुरक्षित गरिनेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “विपन्न” भन्नाले सामुदायिक विद्यालयमा अध्ययन गरेको व्यक्तिहरुमध्ये सम्बन्धित गाउँपालिका वा नगरपालिकाले विपन्नको कारण खुलाई सिफारिस गरेको तोकिएको व्यक्तिलाई जनाउँछ ।